निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान

जेष्ठ १४ काठमाडौं__ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल बनाउनका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्नु भएको छ ।

शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।

देशलाई चाँडोभन्दा चाँडो राजनीतिक निकास दिनका लागि चुनावमा जानुको विकल्प नभएको उहाँको भनाई थियो ।

यहाँ कमेन्ट गर्नुहोस्