महिनावारी भएको समयमा थाहा पाउनु पर्ने कुराहरु

जेष्ठ १४ काठमाडौं__ हरेक वर्ष मे २८ का दिन मासिक धर्म स्वच्छता दिवस (मेन्सुरल हाइजिन डे) मनाइने गरिन्छ । यसको उद्देश्य महिनावारीको समयमा गर्नु पर्ने सरसफाईको विषयमा जानकारी दिनु हो ।

गाउँमा मात्र नभएर शहरका समेत धेरै महिलालाई यस समयको स्वास्थ्य सुरक्षा र हेरचाहको विषयमा धेरै जानकारी छैन ।
सन्दर्भ : अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस
महिनावारीको समयमा सरसफाईमा ध्यान नदिनाले हेपाटाइटिस बि, योनी र उक्त क्षेत्र वरपर हुने संक्रमण जस्ता समस्या देखिने गर्छन् । यसले समयमा महिनावारी नहुने सम्भावना समेत सिर्जना गर्छ । यसको असर मानसिक रुपमा समेत पर्न जान्छ ।

त्यसैले महिनावारीको समयमा देखिने अन्य बिरामी र समस्याबाट बच्न समेत सरसफाईमा विशेष ध्यान दिन जरुरी छ । यो दिवस सन् २०१४ मा जर्मनको ‘वास युनाइटेड’ नामक एनजीओले सुरु गरेको थियो । त्यस पश्चात हरेक वर्ष आजकै दिन विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउने गरिन्छ ।

२८ तारिख नै रोज्नुको कारण भने महिनावारीको सामान्य समय २८ दिनको हुने भएकोले मानिएको छ । यस वर्षको नारा एक्सन एण्ड इन्भेस्मेन्ट इन मिन्सुरल हाइजिन एण्ड हेल्थ रहेको छ ।यसको अर्थ महिनावारीमा स्वस्थ रहन आवाज उठाउन जरुरी छ ।

यदि आज बोलिएन भने कहिले बोल्ने ? र बोलेर नै विभिन्न रोगबाट बचिन्छ र स्वस्थ रहिन्छ भने किन नबोल्ने ? भन्ने रहेको छ ।

यसरी रहनुस् सुरक्षित

महिनावारीको समयमा प्रयोग गरिने प्याड हरेक ४–५ घण्टामा परिवर्तन गर्नुपर्छ । प्रत्येक पटक शौचालय गएपछि सफा पानीले यौनांग सफा गर्नुपर्छ । यौनाङ्ग सफा गरेपश्चात साबुन पानीले हात धुनु पर्छ । शरीरमा कस्सिने प्रकारको कपडा लगाउनु हुँदैन, सहज किसिमको पहिरन लगाउनु पर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्