धनकुटाका संचारकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

१४ जेठ धनकुटा । नेपल पत्रकार महासंघ प्रदेश नम्वर १ प्रदेश कार्य समिति विराटनगर आज धनकुटामा धनकुटाका संचारकर्मीहरुलाई स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघका प्रदेश नम्वर १ का महिला उपाध्यक्ष हिमा कुमारी चेम्जोङ्गले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई ,उपाध्यक्ष देवकला कार्की,सचिव हरी लम्जेललाई संयुक्त रुपमा धनकुटाका संचारकर्मीहरुका लागी मास्क र सेनिटाईजरहरु एक समारोहका विच प्रदान गर्नु भएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेलले वताउनु भयो ।

धनकुटाका संचारकर्मीहरु अत्यन्तै ठूलो जोखिममा रहेर फ्रन्ट लाईनमा काम गरिरहेकाले उहाहरुको सुरक्षाका लागी सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष हिमा चेम्जोगले वताउनु भयो । भने नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष नगेन्द्र राईले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गर्नु भएकोमा प्रदेश पत्रकार महासंघलाई धन्यवाद दिनु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष देवकला कार्की,सचिव हरी लम्जेल, पूर्व कोषाध्यक्ष नारायण कुमार राई लगायतका संचारकर्मीहरुले महामारीले विपत सिर्जना गरिहेको अवस्थामा प्रदेश पत्रकार महासंघले सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु उपलब्ध गराएर धनकुटाका संचारकर्मीहरुलाई उत्साह र उर्जा पैदा गराएको वताउनुभयो ।

नेपाल पत्रकार महासंघ १ नम्वर देश कार्य समितिबाट प्रदान भएको सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु धनकुटाका संचारकर्मीहरुलाई अभिलम्ब उपलब्ध गराउने क्रममा आजै केहीलाई प्रदानगरिएको नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेलले वताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्