युवा नेता थापाको प्रदेश खुल्ला महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेद्धारी घोषणा

उदयपुर २८ कार्तिक । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत उदयपुर प्रदेश सभा १ (ख) अधिवेशनको प्रदेश खुल्ला महाधिवेशन प्रतिनिधिमा उद्धव कुमार थापाले उम्मेद्धारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस उदपुरको १२ औं महाधिवेशनको क्षेत्रिय सदस्य, १३ औं महाधिवेशनको क्षेत्रिय सह-सचिव तथा त्रियुगा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष समेत रहेका युवा नेता थापाले आगामी मंसीर ३ गते गाईघाटमा हुने नेपाली कांग्रेस उदयपुर प्रदेश सभा १(ख) अधिवेशनको प्रदेश खुल्ला महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

पार्टीको विभिन्न पदहरुमा रहेर काम गर्दै आएका थापाले सवैपक्षहरुसंगको सल्लाहमा आफु नेतृत्वका लागि उम्मेद्धारी घोषणा गरेको बताए। ‘अग्रजहरुको सल्लाह र साथिहरुको आग्रहमा मैले प्रदेश खुल्ला महाधिवेशन प्रतिनिधिमा उम्मेद्धारी दिने निर्णयमा पुगेको छु,’ उनले भने ।

साथै सम्पूर्ण क्षेत्रिय प्रतिनिधि ज्यूमा आफुलाई अत्याधिक मतले जिताउन युवा नेता थापाले आग्रह समेत गर्नु भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्