नाबालक मृत अवस्थामा फेला

०८ असोज २०७७ विहिवार
झापा बिर्तामोड-७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन । हिजो राती ०९ बजे नाबालक जिवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे सोही स्थितमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको भनि अस्थाई प्रहरी चौकी गरामनीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्