बाल विकासका शिक्षिकाको न्युनतम पारिश्रमिक १५ हजार पुग्यो

जेष्ठ १५ काठमाण्डौ__ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षिका र कर्मचारीको पारिश्रमिक बढाएर मासिक १५ हजार रुपैयाँ पुर्‍याएका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरी ८ हजार पुर्‍याइएको र बाँकी पारिश्रमिक स्थानीय तहले व्यहोर्ने बताए । पारिश्रमिकका लागि ५ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्