आयकर छुटको सरकारी घोषणा, कुनमा कति ?

जेष्ठ १५ काठमाडाैं__सरकारले वार्षिक बजेटमार्फत् आयकरका दायरा तथा दरमा हेरफेर गरेको छ। करदातालाई आयस्तरका आधारमा बजेटमार्फत् छुटको घोषणा गरिएकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन्। यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन्।

कोभिड–१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ यातायात, हवाई चलचित्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ। ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्‍याएको छ।

कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन २०१४ अनुसार आव ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने छ।

यहाँ कमेन्ट गर्नुहोस्