१६ जेठ मोरङ । मोरङ सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्ने बल बहादुर ताजपुरीयाको ८ बर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भईरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्