जेष्ठ १६ काठमाडौं__ नेपाली बजारमा भोलि ‘पोको एम थ्री’ सार्वजनिक हुने भएको छ । साओमी नेपालले पाेकाे एम सिरिजअन्तर्गतकाे याे सस्ताे फोन सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।
फाेनमा क्वालकमको स्न्यापड्रागन ६६२ चिपसेट, ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६.५३ इन्चकाे आईपीएस डिस्प्ले छ । त्यस्तै यसमा शक्तिशाली ६ हजार एमएएचकाे ब्याट्री छ, जसले १८ वाटकाे फास्ट चार्जिङ सपाेर्ट गर्छ ।
याे फाेन विश्व बजारमा ४ स्टाेरेज भेरियन्टमा सार्वजनिक भएकाे थियाे । यसअन्तर्गत ४ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज, ६ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज, ४ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज र ६ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज रहेका छन् ।
नेपाली बजारमा यीमध्ये कुन भेरियन्ट उपलब्ध हुन्छ र मूल्य कति हुन्छ भन्नेबारे थाहा पाउन भाेलिसम्म कुर्नैपर्ने हुन्छ । छिमेकी देश भारतमा याे फाेनकाे ६ जीबी र्याम र ६४ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य १० हजार ९९९ भारू छ ।