जेष्ठ १६ काठमाडौं__नेकपा एमाले वरिष्ठ नेताको हैसियतमा विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले आपत्ति जनाउनुभएको छ ।
नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आइतबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपालले एमाले वरिष्ठ नेताको रुपमा हस्ताक्षर गर्नुभएको थियो । सल्लाहाकार थापाले सामाजिक सञ्जाल ट्वीटरमा संयुक्त विज्ञप्ति पोस्ट गर्दै अनाधिकृत कार्यको संज्ञा दिनुभएको छ ।
‘विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा (एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै पनि खटाएको पनि छैन ।’ थापाले ट्वीटरमा लेख्नुभएको छ ।
केहि समयअगाडि बसेको एमाले ओली पक्षिय स्थायी कमिटी बैठकले नेता नेपाललाई पार्टीबाट निष्कासन गरेको थियो ।