सलमानको शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन

जेष्ठ १० काठमाडौँ __ दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ । आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्