![](https://www.amurtaonline.com/wp-content/uploads/2021/05/President.jpg)
१७ जेठ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई पत्र पठाएकी छन् ।
त्यो पत्र बेलायतको विदेश मन्त्रालयमा आइतबार बुझाइएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
राष्ट्रपति भण्डारीले आइतबारै रुसका समकक्षी भ्लादिमिर पुटिनलाई पनि कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएकी छन्।
यसअघि राष्ट्रपतिले अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना खोपकै सहायता माग गर्दै पत्र पठाइसकेकी छन्।
यस्तै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई पनि टेलिफोन गरेर कोरोना खोप सहयोग गर्न आग्रह गरेकी थिइन् भने लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्