गायिका इन्दिरा जोशी भोलि बिबाह बन्धनमा बाधिदै

जेष्ठ ३० काठमाण्डौं ___ चर्चित गायिका इन्दिरा जोशी बिवाह बन्धनमा बाधिने भएकी छन् । उनी प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते बिवाह बन्धनमा बाधिन लागेकी हुन् । गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी गराएकी हुन् ।

उनले लेखेकी छन् ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं । यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ’।


शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्। यो जोडीले आज मेहन्दी लगाइरहेको तस्विर बाहिर आएको थियो । तस्विमा साडी लगाएकी इन्दिरा अत्यन्तै सुन्दर देखिएकी थिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्