चलचित्र महोत्सव ‘निफ’का लागि आवेदन खुला

असाढ़ २ काठमाडौं___ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौं संस्करणका लागि आवेदन खुला गरिएको छ । कथाहरूको उत्सव भन्ने नारासहित ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिष्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिनेछ । पुस १० सम्म आवेदन दिन पाइनेछ । छैटौं निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्