श्रीलंकामा इन्धन संकट, दियो एक साता सार्वजनिक बिदा

असाढ़ ५ एजेन्सी___ संकटग्रस्त श्रीलंकामा एक हप्ताका लागि सरकारी कार्यालय बन्दको घोषणा गरिएको छ ।सोमवार श्रीलंकाको सरकारले इन्धन संकटका कारण सरकारी कार्यालय बन्द गर्ने घोषणा गरेको हो । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकामा पछिल्ला दिनहरूमा इन्धन संकट समेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘डेली मिरर’का अनुसार बिजुली आपूर्तिमा समस्या भइरहेको श्रीलंकाको शिक्षा मन्त्रालयले सरकारी तथा निजी विद्यालयहरूलाई आगामी साता अनलाइन कक्षा लिनका लागि भनिसकेको छ । इन्धनको खपत कम गर्नका लागि श्रीलंकाको सरकारले कम्तिमा एक साता सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ । न्यूनतम कर्मचारीबाट काम गर्ने नीति अन्तर्गत त्यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्