उदयपुरगढी गाउँपालिकाको नयाँ आर्थीक वर्षको बजेट पारित

११ असार उदयपुरगढी । उदयपुरगढी गाउँपालिकाले आगामि आर्थीक वर्ष २०७९र८० का लागि ७५ करोड ५० लाख ११ हजारको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न गाउँसभामा उप–प्रमुख जित बहादुर खड्काले पेस गर्नुभएको आगामि अर्थाीक वर्षको बजेट बहुमतले पारित भएको हो ।

गाउँपालिकाले नयाँ आर्थीक वर्षकालागि बजेट पारितसँगै चालु तर्फ ६४.८६ % र पुँजीगत तर्फ ३५.१४ % बजेट विनियोजन गरेको छ ।
पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघबाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश राईले बताउनुभयो ।

पालिकाको प्रमुख स्रोत भनेको संघीय सरकारबाट वित्तीय समानिकरणमा प्राप्त हुने १७ करोड २३ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ११ करोड ४८ लाख ७९ हजार रकम हो ।

प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख ९८ हजार वित्तिय समानिकरण अनुदान, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाड ५२ लाख ८५ हजार रहेको छ भने आन्तरिक आय वापतको ८४ लाख ८० हजार नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए ।

पालिकाको व्यायमा आर्थिक विकास तर्फ २ करोड ९७ लाख, सामाजिक विकास तर्फ पनि २ करोड ९७ लाख, पूर्वाधार विकास तर्फ ७ करोड ४ लाख ९० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ४९ लाख, सुशासन तर्फ १ करोड ५० लाख ३९ हजार र ८ वटै वडाहरुको योजनाहरु वापत ६ करोड ११ लाख विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

सामाजिक सुरक्षा कार्यक्रमतर्फ १० करोड ८९ लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २६ करोड ६५ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्