प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय

जेष्ठ १७ जनकपुरधाम__प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै यही जेष्ठ २४ गते को लाग बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज प्रदेश २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए। प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि सुरु भएको थियो। पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुई वटा बैठक मात्रै बसेपछि तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएको थियो।

तर १४ गतेको बैठक बस्नुअघि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणदेखि पछि अर्को सूचना जारी नहुँदासम्म स्थगित गरियो। त्यतिबेला देखि स्थगित बैठक हालसम्म बस्न नसकेको बेला प्रदेश सरकारले पाँचौं अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यहाँ कमेन्ट गर्नुहोस्