जेष्ठ १७ वीरगंज__ कोभिड -१९ कोरोना भाईरसको यश बिषम परिस्थितिमा संक्रमण जोखिम न्युनिकरणका लागि नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । WHR मानव अधिकारको लागि एकल महिला समुहको विशेष पहलमा र बिदेशी दाताहरुको आर्थिक सहयोगमा बिरगंज स्थित नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
स्वास्थ्य सामाग्री अक्सिजन सिलिन्डर -१५ थान, अक्सिजन फ्लोमिटर -१५ थान , अक्सिजन माक्स -१५ थान , एन-९५ माक्स -१०० थान , सर्जिकल माक्स -४०० थान नारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिरेन्द्र प्रधानलाई WHR का पर्सा अध्यक्ष प्रेम कुमारी सिंहले हस्तान्तरण गर्नु भएको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजको सहकार्य र समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।सो हस्तान्तरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई , सचिव प्रबीण बिक्रम शाह , सदस्य अजित कुमार भुजेल , अब्दुल कैस , सीता प्रसाईं लगायतको उपस्थिति रहेको थियो ।