जेष्ठ १७ काठमाडौँ__प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक आह्वान भएको बताए । ‘६ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ,’ सरकारका प्रवक्ता गुरुङले इकागजसँग भने, ‘एजेन्डा बैठकमा पुगेपछि मात्रै थाहा हुन् ।’
स्रोतका अनुसार बिहान जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहसँग भएको वार्ता र मन्त्रिपरिषद् विस्तारबारे मन्त्रीहरूलाई जानकारी गराउने छन् । र कुन कुन मन्त्रालय हेरफेर गर्ने भन्नेबारे पनि जानकारी गराउने बताएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्