
१७ जेठ उदयपुर । कोरोना भाईरसको यो बिषम परिस्थितिमा संक्रमण जोखिम न्युनिकरणका लागि बाल बिकास समाज नेपाल उदयपुरले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई ११ लाख ५८ हजार ६ सय १९ रुपैंया मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा बालबिकास समाज नेपाल उदयपुरको समन्वयमा एन्टिजेन किट, सर्जिकल मास्क, ग्लोव्स,पल्स अक्सिमिटर, पिपिइ सेट, आदी सामाग्रीहरु सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेललाई हस्तान्तरण गरेको बालबिकास समाज नेपाल उदयपुरका उपाध्यक्ष सीता माया तामाँङ्गलले बताउनु भयो ।
उता CDS-Nepal उदयपुरले आफ्नो कार्यक्रम सञ्चालन क्षेत्र उदयपुरगढी गाउँपालिकालाई १ लाख ६९ हजार ६ सय ९७ रुपैंया मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा ३ सय थान एन्टीजेन किट, २० थान पिपिई सेट, ५ सय सर्जिकल मास्क, १ सय जोर ग्लोब लगायत स्वास्थ्य सुरक्षा सामग्री गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीलाई प्रदान गरिएको सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपक बुढाथोकीले बताउनु भयो ।
कोरोनाको कहर खेपिरहेका उदयपुरबासीको स्वास्थ्य सुरक्षाका लागि सेभले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री प्रदान गरीएको सेभका कार्यक्रम संयोजक बुढाथोकीले बताए । “साथै कोभिड १९ संकट ब्यबस्थापन केन्द्र उदयपुरलाई हस्तान्तरण गरीएको स्वास्थ्य सामग्री आवश्यक्ता अनुसार केन्द्र मार्फत विभिन्न स्थानियतहलाई बितरण गरिने छ ।” “सहायक सिडिओ पोखरेल भने।”
कोरोनाको यो संकटमा सहयोग गर्ने सेभ द चिल्ड्रेन र सिडिएस परिवारलाई धन्यबाद दिदै, महामारीलाई परास्त गर्न सबै सतर्क हुन, स्वास्थ्य मापदण्ड अपनाउन र घरभित्रै बस्न सहायक सिडिओ पोखरेल आग्रह गरे ।
डिसिएमसीले लगातार ३ सातादेखि जिल्लामा जारी गरेको निशेधाज्ञाले बिस्तारै संक्रमण घट्दै र निको हुने क्रम बढ्दै गएको बताउँदै उनले अझै केहीदिन घरभित्रै सुरक्षित बस्न जिल्लावासीमा आग्रह गरेका छन् ।