आज विश्व दुध दिवस

१८ जेठ काठकाण्डौं । दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइरहेको छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । यो दिवश नेपालमा मनाउन लागिएको एघारौ पटक हो । तर यो बर्ष कोरोनाको महामारीको कारण नेपालमा अघिल्लो बर्ष जस्तो भव्यरुपमा नमनाइने भएको छ ।

विश्व दुध दिवसका अवसरमा दुधका बारेमा केहि जानकारी मुलक तथ्य जानी राखौ :

पोषक तत्वले भरिपूर्ण दुध : क्याल्सियम, प्रोटिन, आयोडिन, पोटासियम, फस्फोरस, भिटामिन बि १२ जस्ता कैयौ पोषक तत्व दुधमा पाइन्छ, जुन हाम्रो शरीरको लागि नभईनहुने हुन्छन् ।
विभिन्न रिसर्चका अनुसार आमरुपमा हामीले हरेक दिन लगभग एक हजार देखि २ हजार एमजी क्याल्सियम लिने गर्दछौ । जसमा हामीले पिउने एक गिलास दुधमा लगभग २८५ एमजी क्याल्सियम हुने गर्दछ । नियमित रुपमा दुध पिउने गर्नाले यहि क्याल्सियमको करण हड्डी र दातलाई बलियो बनाउन सहयोग पुग्दछ । दुधको नियमित सेवनले उमेर बढ्दै जादा धेरै हदसम्म हड्डी सम्बन्धि समस्याबाट बच्न सकिन्छ ।

कुन उमेरकाले कति दुध पिउने :

१-२ बर्षका बच्चा : साना बच्चाको ब्रेनको विकासका लागी दुध पिउनु अति नै आवश्यक हुन्छ । यस उमेरका बच्चालाई ३ देखि ४ कप (८०० देखि ९०० एमल) दुध हरेकदिन दिनु पर्दछ ।

२-८ बर्षका बच्चा : यस उमेर समुहका बच्चालाई हरेक दिन न्युनतम दुई कप दुध या दुधबाट बनेका खानेकुरा दिनु आवश्यक हुन्छ, जसले उनीहरुको मस्तिष्कको विकास, हड्डी, दात बलियो बनाउन मद्धत गर्दछ ।

९ बर्ष भन्दा माथि : यस उमेर समुहका बच्चालाई हरेक दिन ३ कप दुध या दुधबाट बनेका खानेकुरा खान दिने गर्नु पर्दछ । सक्रिय टिन-एजरलाई हरेक दिन ३ हजार क्यालोरी आवश्यक हुने गर्दछ, जसले गर्दा उनीहरुलाई ३/४ कप दुध खाने गर्नु पर्दछ ।

धेरै दुध पिउदा आइरनको कमि हुनसक्छ : स्वास्थ्य विशेषज्ञहरुले धेरै दुध पिउने गर्नाले शरीरमा आइरनको कमि हुनसक्ने बताएका छन् । दुधमा हुने क्याल्सियमले आइरन सोस्ने प्रक्रियालाई रुकावट ल्याने गर्दछ । अर्को कुरा दुध धेरै पिउने गर्नाले शरीरमा प्रोटिनको मात्र धेरै हुन्छ र भोक कम लाग्ने हुन् सक्छ जसले गर्दा अन्य खाने कुराको मात्रा कमि हुन् सक्छ ।

गाईको भन्दा भैसीको दुधमा क्यालोरी बढी : भैसीको दुधमा गाईको दुधमा भन्दा बढी क्यालोरी हुने गर्दछ । गाईको दुधमा सय एमएल दुधमा ६५-७० क्यालोरी हुन्छ भने भैसीको दुधमा सय एमएल दुधमा ११७ क्यालोरी हुने गर्दछ । गाईको दुधमा फ्याट पनि कम हुन्छ । तर भैसीको दुधमा क्यालेस्ट्रोल बढी हुन्छ । जसलाई मोटो पनको समस्या छ या उच्च रक्तचापको समस्या छ, उनीहरुले भैसीको दुध भन्दा गाईको दुध सेवन गर्नु राम्रो हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्