एक पटक फेरि ओली-नेपाल समुह निर्णायक वार्ताको तयारीमा

जेष्ठ १८ काठमाडौं__ नेकपा एमालेमा फेरि औपचारिक वार्ता हुने भएको छ । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि तत्कालिन नेकपाको पुष्कमल दाहाल, माधव नेपाल,झनाथ खनालसहितका नेता प्रतिगमन भयो भन्दै सडक आन्दोलनमा गएका थिए ।आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध नेपाल र प्रचण्ड समुह आन्दोलनमा गएनन् मात्रै ।

सडकबाटै पार्टी अध्यक्ष ओलीलाई कार्वाही गरेको घोषणा गरे ।सत्ता सम्हालेका ओलीले पार्टीमा एकलौटि निर्णय गरेको भन्दै आन्दोलनमा होमिएका नेपाल प्रचण्ड समुहले त्यतिवेला आंशिक राहतको अनुभुति गरे जतिवेला सर्वोच्च अदालतले संसद विघटन अवैधानिक ठहर गरिदियो ।

प्रचण्ड नेपालले संसद पुर्नस्थापना भएको खुसी साटन नपाउदै अदालतले नेकपा एकताको वैधानिकतामाथी प्रश्न उठाउदै नेकपा नै विघटन गरिदिएपछि नेकपा पुरानै अवस्थामा (एमाले र माओवादी)का रुपमा फर्किए ।

अदालतको दोस्रो निर्णयले नेकपा भंग गरेपछि एमाले एकता कायम हुन सकेन । एमाले भित्र ओली र नेपाल दुई खेमामा प्रष्ट विभाजन भए । बागमति र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा माधव नेपाल समुहकै कारण ओली समुहले पराजय बेहोर्नु प¥यो । माधव नेपाल समुहले आफ्नै पार्टी अध्यक्ष ओलीलाई विश्वासको मत दिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारे ।

प्रधानमन्त्री ओलीलाई सैह्य भएन र राष्ट्रपतिलाई संसद विघटनको सिफारिस गरे । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक गरेको संसद विघटन बिरुद्ध माधव नेपाल समुह सर्वोच्च अदालत गएपछि दुई समुहको झगडा थप पेचिलो बन्यो । यहि विचमा ओली र नेपाल विच भेटघाट बार्ता भएको पनि थियो र सहमतिका लागि पाँच पाँच जनाको कार्यदल पनि बन्यो । बागमति प्रदेशको राष्ट्रियसभा निर्वाचनपछि कार्यदल पनि बेकामी जस्तै थियो ।

अब हुने वार्ता निर्णाय हुने एमालेका एक नेताले बताए । ‘सम्भव त यो अन्तिम र निर्णायक वार्ता हो । फेरि पनि कुरा मिलेन भने माधव नेपाल समुहले नयाँ पार्टी खोल्छन् ।’ ति नेताले भने । चुनावमा जसरि पनि जितिन्छ भन्ने योजनाका साथ अघि बढेका प्रधानमन्त्री ओली पछिल्लो समय गलेका छन् ।

माधव नेपाल समुह विना आगामी निर्वाचनमा जित्न कठिन हुने महसुस् गरेर नै पुनः वार्ता हुन लागेको एमाले नेताहरुको भनाई छ । त्यसो त पछिल्लो पटक स्थायी कमिटी बैठकले ११ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ भने १२ जनालाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधिएका कसैले पनि स्पष्टीकरण पत्र बुझाएका छैनन् ।

यहाँ कमेन्ट गर्नुहोस्