जेष्ठ १८ काठमाण्डौ__नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि संस्थापन पक्षले खनाल–नेपालसहित १२ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, संस्थापन पक्ष एक कदम पछि हटेर नेपाल–खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
यहाँ कमेन्ट गर्नुहोस्