गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

माघ १५ काठमाडौं___ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

यहाँ कमेन्ट गर्नुहोस्