प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रीटको सुनुवाइ जेष्ठ २३ गतेलाई सारियो

जेष्ठ १८ काठमाडौं__ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रीटको सुनुवाइ २३ गतेलाई सारिएको छ । आज मंगलबार संवैधानिक इजलासमा मुद्धाको पेशी तोकिएपनि न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने कि नरहने भन्ने किचलोले हुन नसेको हो ।

साथै, न्यायाधीशद्वय इजालासमा रहने कि नरहने गलफती पनि सकिएको छ । दुवैले इजलासबाट नबाहिरिने भएका छन् भने संवैधानिक इजलासबाट न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् । संवैधानिक इजलासमा कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताएका छन् ।

मुद्धाको सुरुवातै विवाद मच्चिएपछि आफूहरु इजलासबाट अलग भएको बताएका छन् । यद्यपि, इजलासबाट अन्य कुनै कारणवश अलग नभएको पनि उनीहरुले बताएका छन् । तर, अझैँ पनि रिट दायर गरेको वकिलहरूले केसी र श्रेष्ठ इजलासबाट अलग हुनुपर्ने अडान राख्दै आएका छन् । तर, श्रेष्ठ र केसीले आफूहरुले इजलासबाट अलग हुनुपर्ने कारण नदेखेको अड्डी कस्दै आएका छन्।

मंगलबार इजलासमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब इजलास विषयको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । उनले भने, ‘अब यो विवाद फेरि नगरौँ । रोष्टर संशोधन भएर आउँछ । अर्को बेञ्च गठन गर्छु, अबचाहिँ विवाद नगरिदिनुस् ।’

त्यसो त राणा एक साताभित्र वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न सहमत पनि भएका छन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य लगायतको टोलीसँगको छलफलमा प्रधानन्यायाधीश राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न लागिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्