आखिर किन आवश्यक छ यौनसम्पर्क ?

चैत्र १ एजेन्सी ___ यो महिला पुरुष सबैलाई आवश्यक छ र पनि सार्वजनिक स्थानमा यसबारेमा छलफल कमै हुन्छ । खुला कुरा गर्न तपाईं हिच्कीचाउनुहुन्छ होला तर यसरी समाचारमार्फत् केही जानकारी राख्नु नराम्रो हुँदैन । आज हामी कुरा गर्नेछौं यौनसम्पर्कका बारेमा । जो सबैलाई आवश्यक छ, तर आज यहाँ विशेषगरी महिलाका लागि किन आवश्यक छ भनेर बताउनेछौं ।

१. हर्मोनल सन्तुलनका लागि

शारीरिक सम्पर्क बनाउँदा महिलाका हर्मोन्स सन्तुलित रहन्छन् । यसले शारीरिक बिमारीबाट बचाउनुका साथै मुड पनि ठिक गर्छ । त्यसैले शारीरिक सम्पर्क बनाउनु गलत होइन ।

२. यौनइच्छा पूरा गर्न

महिलामा पनि यौनइच्छा हुन्छ जसलाई पूरा गर्न उनीहरुलाई यौन सम्पर्कको आवश्यकता पर्दछ । सधैं पुरुषलाई सन्तुष्टि दिन मात्र यौन सम्पर्क हुँदैन । महिलाको आफ्नो इच्छा पनि हुन्छ जसलाई पूरा गर्न आवश्यक हुन्छ ।

३. बच्चा जन्माउनका लागि

यो त अपरिहार्य कुरा नै भइहाल्यो । मानव अस्तित्वलाई अगाडि बढाउनका लागि बच्चा जन्माउन आवश्यक छ । जो यौन सम्पर्कबाट मात्र सम्भव छ । अन्य प्रक्रिया पनि विकास भएका छन् जसमा यौन सम्पर्क बिना पनि बच्चा जन्माइन्छ । तर यो एउटा प्राकृतिक तरिका भित्र पर्दछ ।

४. राम्रो निद्राको लागि

शारीरिक सम्पर्क कायम गर्दा पुरुषलाई मात्र होइन महिलालाई पनि राम्रो निद्रा लाग्ने गर्दछ । त्यसैले शारीरिक सम्पर्क राख्नु पर्दछ ।

५. तनाव कम गर्न

यौन इच्छा पूरा हुँदा तनाव बाहिर निस्कन्छ भन्ने कुरालाई त गलत भन्न सकिँदैन । त्यसैले आवश्यकता अनुसार र वातावरण हेरेर शारीरिक सम्पर्क नियमित गरिरहनु पर्दछ । त्यस्तै अन्य महिनावारीको बेला पेट दुख्ने समस्यामा पनि नियमित यौन सम्पर्क राख्दा दुखाई कम हुन्छ । साथै खुलेर पार्टनरसँग गरिने यौन सम्पर्कले महिलामा आत्मविश्वास पनि बढेर आउँछ ।

यहाँ कमेन्ट गर्नुहोस्