सुनसरीमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जेष्ठ १९ वीरगंज___सुनसरीमा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्लाको इटहरी उपमहानगरपालिका-३ सुनौलो टोल बस्ने ६७ वर्षीय भविराज दमाइलाई प्रहरीले पक्राउ गरेको हो ।

भविराजले बालिकालाई बलात्कार गरेको सूचना थाहा पाएपछि प्रहरीले उनलाई पक्रिएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्