ढुंगा-गिटी निकासी गर्ने विषय घातक : युवा संघ नेपाल-उदयपुर

ढुङ्गा, गिट्टी निर्यात तथा निकासी नीतिलाई अबिलम्ब सच्याउन,ओली सरकारलाई युवा संघ नेपाल-उदयपुरको माग

१९ जेठ उदयपुर । युवा संघ नेपाल-उदयपुरले अध्यादेश मार्फत सरकाराले ल्याएको बजेटमा ढुङ्गा, गिट्टी, बालुवा निर्यात तथा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय घातक भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उदयपुरमा करीब भित्री मधेस ५२%, मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६%    भू-भाग नदिनाला तथा खहरे क्षेत्र २३.१३% मा रहेको सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला लगायत सयौं खहरे खोलाहरू संगै अन्य साना नदि नालाबाट ढुङ्गा, गिट्टी, बालुवा जिल्ला वा बाहिर निकासी गरे जिल्लामा रहेको स्रोत-खानी सक्ने कुरा मात्रै होइन, हाम्रो पर्यावरणलाई नै ध्वस्त बनाउने र समाजको उठिबाँस लाग्ने,चुरे र माहाभातवाट बग्ने खोला-नाला, नदि, कोसीले हजारौं घरहरू मरभुमिमा परिनत हुने हुदा संगठनको गम्भीर ध्यानार्षण भएको युवा संघ नेपाल-उदयपुरका अध्यक्ष ओम श्रेष्ठले बताएका छन् ।

“अहिलेको सन्दर्भमा मौषम परिवर्तन सिङ्गो मानव समाजको चुनौती बनेको छ, त्यसैले यो नीति नै बेठिक छ, सबैले आ-अफ्नो क्षेत्रवाट यसको शसक्त आलोचनात्मक बिरोध गर्न आवश्यक्ता रहेको ।” “अध्यक्ष श्रेष्ठले भने ।”

आज प्रत्यक सचेत र जागरुक युवा पुस्ता जाग्न जरुरी । हाम्रो समाज, सन्तती र स्वयं हाम्रै लागि सरकारले ल्याएको यो कार्यक्रम बेठिक छ । यो नीतिलाई सरकारले अबिलम्ब सच्याउन केपि ओली सरकारलाई संगठनले माग समेत गरेको विज्ञप्तिमा उल्लेख छ।

यहाँ कमेन्ट गर्नुहोस्