२१ जेठ विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ ।
प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, सुनसरीमा १९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४-४, संखुवासभामा २, तेर्ह्थुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको मेचीनगरमा १०५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४-१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बार्ह्दशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २-२, मोरङको विराटनगरमा १४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३-३, पथरीशनिश्चरे र सुनबर्षीमा २-२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१, सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २-२, गढी र भोक्राहानरसिंहमा १-१. जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १-१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १-१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १-१, संखुवासभामा २, तेर्ह्थुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६१ हजार ७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ७२८ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४७ महिला र ५०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।