२१ जेठ धनकुटा । धनकुटा अस्पतालमा नेपाली सेना र सशस्त्र प्रहरीले आज कोरोना भाईरस संक्रमितहरुको कुरुवाहरु(भिजिटर)का लागी टेण्ड लगाई दिएको छ ।
कोरोना भाईरसका विरामीहरुको सख्याको बृद्धी हुने क्रम संर्गै धनकुटा अस्पतालमा उपचार गराउने आउनेहरुको संख्याा एक्कासी बृद्धी भएपछि विरामीहरुको कुरुवाहरुलाई बस्न र सुस्न समस्या भएपछि नेपाली सेनाको बरख गण धनकुटा सल्लेरी व्यारेक र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाले धनकुटा अस्पतालमा एक एक वटा टेण्ड लगाई दिएको छ ।
विरामीको कुवरुवाहरुलाई बस्न समस्या भएपछि धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माको अनुरोधमा कोरोना संक्रमितहरुको कुरुवाहरुको लागी उक्त टेण्ड नेपाली सेना र सशस्त्र प्रहरी बलले लगाई दिएको हो ।
वरख गण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापाको निर्देशनमा नेपाली सेनाले र सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका गुल्पती राम चन्द्र श्रेष्ठको निर्देशनमा सशस्त्र प्रहरीहरुले छुट्टा छुट्टै धनकुटा अस्पतामा उक्त टे«ण्ड लगाई दिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीले धनकुटा अस्पतालमा टेण्ड लगाई दिएपछि कोरोना संक्रमितहरुका कुरुवाहरु टेण्ड भित्रनै वस्न र सुत्न थालेका छन ।
धनकुटा कोभिड अस्पताल र धनकुटा कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा २१ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।