असार १ गतेदेखि वीरगन्जमा विद्यालय खुल्ने

२२ जेठ वीरगन्ज । वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय संचालन गरिने भएको छ। वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने निर्णय गरेको मयर विजय कुमार सरावगीले बताउनु भएको छ ।

महानगरमा कोरोना घट्दो रहेकोले  सबै परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गरिने उनले बताए । आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उनले जानकारी दिए । विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका मापदण्ड पुरा गर्न भनिएको छ ।

महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त बनाएको छ। विद्यालयका सवारी सधान नचलाउन महानगरले भनेको छ।

शिक्षण सिकाईका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ। असार १ देखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठन पाठन सुचारु गर्न महानगरले भनेको छ।

कुनै विषम स्थिति देखिए महानगरको शैक्षकि प्रशासन महाशाखामा सूचित गर्न र निर्देशन अनुसार गर्न भनिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्