मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

२२ जेठ मोरङ । मोटरसाईकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी १३ का २८ बर्षीय राजेश मेहता, ईटहरी २० का ३८ बर्षीय बलराम गुरूङ, ईटहरी २ का ३९ बर्षीय सुवास लिम्बु, ईटहरी ३ का ३० बर्षीय मचिन राई, ईटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् ।

गत जेष्ठ १२ गते राती मोरङको सुन्दरहरैचा ४ बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ प-००६१ नम्बरको रातो कलरको २०० सिसिको NS मोटरसाईकल घरबाटै चोरी भए पश्चात ईलाका प्रहरी कार्यालय बेलबारीबाट सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो । खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाईकल राजेश मेहताको घरबाट फेला पारी मेहता सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परे पश्चात चोरीमा संलग्न बाकी ६ जना आ-आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्