२२ जेठ काठकाण्डौं । उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका छन् ।
शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका हुन् । एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।
उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन समेत दिएका छन् । मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराएका छन् ।
यो पनि पढ्नुहोस :
उपप्रधानमन्त्री महतोलाई गौतमले भने,‘नेपालमा एउटा मात्र राष्ट्र र राज्य छ, त्यो नेपाल हो’