२९ जेठ उदयपुर । कोभिड उपचारको लागि गोर्खा वेलफेयर ट्रष्ट धरानलेउदयपुरलाई ४२ लाख भन्दा बढी रकमको स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । कोभिड संक्रमण बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने अक्सिजन कन्सन्ट्रेटर ,पल्स अक्सिमिटर र पि पि ई सहित बेल्का कोभिड सेन्टर उदयपुरलाई ८ लाख ४८ हजार ६३० रुपैया बराबरको स्वास्थ्य सामाग्री, बेल्टार कोभिड अस्पताल उदयपुरलाई १३ लाख ३७ हजार ३४० रुपैया बराबरको स्वास्थ्य सामाग्री, मदन भण्डारी आँखा अस्पताल आइसोलेसन सेन्टरलाई ७ लाख १४ हजार १६० रुपैया बराबरको स्वास्थ्य सामाग्री र कटारी कोभिड अस्पताल उदयपुरलाई १३ लाख ५८ हजार २६० रुपैया बराबरको स्वास्थ्य सामाग्री बितरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले जानकारी दिनुभयो ।
“हामीले ३ ठाउँमा आज हस्तान्तरण गर्ने कार्यक्रम छ भने केही दिन भित्रमै कटारी कोभिड अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने छौ ।”, “प्रमुख लिम्वुले भने ।”
यो पनि पढ्नुहोस ।
गोर्खा वेल्फेयर ट्रष्ट धरानले मदन भण्डारी आँखा अस्पताल गाईघाटलाई रु सात लाख भन्दा बढी रकमको स्वास्थ्य सामाग्री आज गाईघाटमा हस्तान्तरण गरिएको छ। ट्रष्टले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर २० थान पल्स अक्सिमिटर र २०० थान पि पि ई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
मदन भण्डारी आँखा अस्पतालका सभापति भागवत राउतलाई ट्रष्टका एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्वुले उक्त सामाग्री प्रदान गर्नु भएको हो ।
वितरण कार्यक्रममा बोल्दै वेल्फेयर सेन्टर धरानका लिम्वुले प्रमुख बड्दो संक्रमण लाई न्यूनीकरण तथा रोकथाम गर्ने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । साथै “कनुै पनि सामाग्रीमा कमी आए हामी त्यो कुरालाई पुरा गर्ने कोशिस गर्ने छौ।”, “प्रमुख लिम्बुले भने।” त्यस्तै हालको बिकराल माहामारीको बिचमा पनि गोर्खा वेल्फेयर सेन्टरले प्रसंशनिय कार्य गरेको भन्दै आँखा अस्पतालका सभापति राउतले वेल्फेयर सेन्टरलाई धन्यवाद दिनुभयो ।