२९ जेठ घनकुटा । कोरोना भाईरस तिव्र रुपमा फैलदै गएपछि नेपाली कांग्रेस धनकुटा नेताहरुले शुक्रवार धनकुटा नगर क्षेत्र र चौविसे गाउपालिकामा सचेतना कार्यक्रमको साथ स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटा नगरपालिकाको वडा नं. १ निगालेमा जिल्ला सदस्य नारायण प्रसाद रिजाल,महिला नेता पुण्यवती शाही,सक्रिय सदस्य शेर वहादुर शाही,वडा नं. २ का सभापती पदम भण्डारी,महिला संघका नेता कमला शाही लगायत त्यस क्षेत्रका कांग्रेसका नेताहरुसंग भेघाट गरी कोरोनाबाट बच्नका लागी सचेतना समेत जगाउने कार्य गर्नु भएको थियो ।
यसैगरी धनकुटाको छथरजोरपाटी गाउपालिकाका नेपाली कांग्रेसका सहसभापती चन्द्र लिम्बु,पाख्रिवास नगरपालिका वडा नं. १० का कांग्रेसका वडा सभापती कृष्ण कटेल लगायतका नेताहरुसंग पनि जिल्ला सचिव विजय सन्तोषी राईले भेटघाट गरी उहाहरुको र त्यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको थियो ।
उहाहरुलाई सो अवसरमा जिल्ला सचिव राईले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु वितरण गर्नु भएको थियो । धनकुटाको चौविसे गाउपालिकामा पनि नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापती बिजु राईको नेतृत्वमा पालिकाका विभिन्न वडाहरुमा वडाका नागरिकहरुलाई र स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य तथा सरक्षित समाग्रीहरु वितरण गर्नु भएको छ ।
चौविसेका कोरोना संक्रमितहरु र चौविसेका जनतालाई कोरोनाबाट बचाउनका लागी सुरक्षित तथा स्वास्थ्य समाग्रीहरु र औषधीहरु वितरण गरिएको नेपाली कांग्रेस चौविसेका सभापती बिजु राईले वताउनु भयो ।