२९ जेठ धनकुटा । धनकुटामा संचालन भैरहेको कोभिड अस्पताल तथा धनकुटा आईसुशोलेसन सेन्टर औद्योगिकग्राममा खान खाजा प्याक गर्न हट वक्सका साथ स्वास्थ्य समाग्रीहरु र वरिपरिका वासिन्दाहरुलाई आज माक्स वितरण गरिएको छ ।
धनकुटा कोभिड अस्पताल तथा आईशोलेशन सेन्टरका कोरोना संक्रमित विरामीहरु र विरामीका भिजिटरहरु, स्वास्थ्यकर्मीहरुलाई खान र खाजा खुवाउनका लागी धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले खान र खाजा प्याक गर्ने हट बक्स लगायत स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु आईशोलेसन सेन्टरमा प्रदान गर्नु भयो ।
घरबाट पकाएर भाडा वत्तनमा बोकेर आईसुलेन सेन्टरमा खाना खाजा लगेर थाल तथा पिलेटमा पस्किएर दिन दैनिक समस्या भैरहेकोले स्वास्थ्यकर्मी,विरामीहरु र विरामकिा भिजिटहरुका लागी खाना प्याक गरेर सजिलोसंग खाना तथा खाजा खुवाउनका लागी उक्त हट प्याक बक्स प्रदान गरिएको विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटा कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर वरिपरीका केही नागरिकहरुलाई समेत माक्स तथा स्वास्थ्य समाग्रीहरु समेत धनकुटा कांग्रेस सचिव राईले प्रदान गर्नु भएको थियो । धनकुटा कोभिड अस्पताल तथा आईसुलेशन सेन्टरमा रहनु भएका विरामीहरु र विरामीहरुको भिजिटहरु ,चिकित्सक तथा स्वास्थ्य कमीहरुसंग समेत भेटघाट गरी धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले छलफल गर्नु भएको थियो ।
छलफल तथा भेटघाटमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामाको समेत सहमागीता रहेको थियो । आईशोलेसनमा रहेका कोरोना संक्रमित विरामीहरुको नियमित उपचार भैरहेकोले उहाहरको अवस्था क्रक्रमश सुधार हुदै आएको र केहीलाई अश्सिन समेत लगाउनु परेको धनकुटा आईसुशोलेसन सेन्टरमा कार्यरत स्टार्फ नर्स श्रीजु शंकर वताउनु भयो ।
धनकुटा कोभिड अस्पताल तथा धनकुटा आईशोलेसन सेन्टर धनकुटामा १२ जना र धनकुटा कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा ११ जना कोरोना संक्रमित विरामीहरु उपचार गराईरहनु भएको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले वताउनु भयो । धनकुटा आईशोलेसन सेन्टर तथा कोभिड अस्पताल धनकुटा औद्योगिक ग्राममा धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्मा,स्टार्फ नर्स श्रीजु शंकर लगायतको टोलीले संक्रमित विरामीहरुको नियमति उपचार गरिरहनु भएको छ ।