माछा मार्ने क्रममा करेन्ट लागेर उदयपुरका एक दम्पत्तिको मृत्यु

२९ जेठ सुनसरी । करेन्ट लगाएर माछा मार्दा आफैलाई करेन्ट लागी उदयपुरका एक दम्पत्तिको तरहरामा मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई ईटहरी उपमहानगरपालिका २० तरहरा चौतारी चौकमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् ।

स्थानियले घर नजिकै खार्सल खोलामा आज बिहान ६ बजे मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात प्रहरी घट्ना स्थलमा पुगको थियो । घटनास्थलमा प्रहरीले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाट उनिहरुले गय राती कुन समयमा खोलामा माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाईएको हो । घटनाको बारे सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्