उदयपुरमा बोलेरो दुर्घटना : एकको मृत्यु, तीन घाइते

३० जेठ उदयपुर । उदयपुरमा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कुटानी पिसानी मिलको सामान बोकेर आउँदै गरेको बा १८ च १५६७ नम्बरको बोलेरो जीप ताप्ली गाउँपालिका वडा नंं ४ ठानागाउँको पोखरीमा शनिबार साँझ दुर्घटना भएको हो ।

सिराहा बाट ताप्ली ठानागाउँ जादै गरेको बोलेर अनियन्त्रित भई दुर्घटना हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटनामा सिन्धुली जिल्ला दुधौली नगरपालिका १० बस्ने इन्द्र बहादुर विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

त्यस्तै कटारी नगरपालिका १० बस्ने ३५ वर्षिय डाक नारायण श्रेष्ठ, ताप्ली गाउँपालिका ४ ठानागाउँ बस्ने ३० वर्षिय झकर बहादुर सार्की र सोही वडाका अर्का २६ वर्षिय डम्बर बहादुर तामाङ घाइते भएका छन् । उनीहरुलाई कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि विराटनगर लगिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्