१४ औ महाधिवेशन एक साता सार्ने तयारी : नेपाली कांग्रेस

३० जेठ काठमाण्डौं । नेपाली कांग्रेसले आफनो १४ औ महाधिवेशन एक साता सार्ने तयारी गरेको छ । कांग्रेसले अब बस्ने केन्द्रीय समितिको बैठकमा उक्त प्रस्ताव लैजाने तयारी गरेको छ । बैठकमा लानकोलागी सम्पूर्ण कार्यतालिका सहितको कार्यक्रम तयारी अवस्थामा रहेको काग्रंस श्रोतले जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको हो ।

यो प्रस्ताव माथि छलफल गर्न कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्ने तयारी गरिएको छ ।

भदौभित्रै महाधिवेशन गर्नुपर्ने कांग्रेसलाई बाध्यता रहेको छ । सभापति देउवाल आफनो नियमित कार्यकालको चार बर्ष सकेर,थपेको डेढ वर्षको समय पनि भदौमा सकिदै छ । उक्त समयभित्र कांग्रेसले अनिवार्य महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता रहन्छ ।

यस्तो छ कांग्रेसको प्रस्तावित कार्यतालिका

गाउँ र नगरका वडा अधिवेशन २०७८ साउन ६ गते ।

गाउँ र नगरपालिका अधिवेशन २०७८ साउन ११ गते ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १६ गते ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २० गते ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २४ गते ।

प्रदेश अधिवेशन भदौ १ र २ गते ।

केन्द्रीय महाधिवेशन भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा ।

यहाँ कमेन्ट गर्नुहोस्