कोभिड अस्पताल बेल्टारलाई स्वास्थ्य सामग्री वितरण

मिथुन ठाकुर

वैसाख ३१ उदयपुर । उदयपुर जेसिज, लायन्स क्लव गाईघाट हाईट र सम्राट आयुर्वेद औषधालयले आज संयुक्त रुपमा चौदण्डगिढी नगरपालिका बेल्टार स्थित कोभिड अस्पतालबा लागि विभिन्न स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेको छ ।
उदयपुर जेसीजद्वारा कोभिड हस्पिटलमा आईशोलेशन र क्वारेन्टाईनमा रहेका बिरामी, स्वयंसेवकहरु, नर्स तथा डाक्टरहरुलाई मास्क तथा फलफूल बितरण गर्नुको साथसाथै महिलाहरुलाई सेनेटरी प्याड बितरण गरेको छ उदयपुर जेसिजका अध्यक्ष सर्मिला थापा सबुले बताएका छन् । त्यसै गरी लायन्स क्लब गाईघाटले पानी, पिपिई सेट, मास्क,  लगायतका सामग्री वितरण गरेका क्लबका अध्यक्ष इन्जिनियर संजिव काफ्नेले बताएका छन् भने सम्राट आयुर्वेद औषधालयले विरामीहरुको रोग प्र्रतिरोघात्मक क्षमता बढाउनका लागि जडिबुटि मिश्रित औषधी तथा सेनिटाईजर उपलब्ध गराएको औषधालयका बैघ अनिल कार्कीले बताएका छन्। उक्त सामग्रीहरु बेल्टार कोभिड अस्पताल व्यवस्थापन समितीका अध्यक्ष तथा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राई लाई हस्ताण्तरण गरिएको थियो ।

सामग्री ग्रहण संगै नगरप्रमुख राईले अबस्था निर्क गम्भिर बन्दै गईरहेको र सबैलाई कोरोनाको लक्षण देखा परेमा तत्कालै परिक्षण गरि आफु र अरुलाई पनि बाँच्न र बचाउन आग्रह गरेका छन् । अमूर्त संग कुरा गर्ने क्रममा राईले अहिलेको समयमा अक्सिजनको व्यवस्थापनमा आफुहरु जुटिरहेको र कोभिड विरामीहरुका लागि थप शैयाको पनि व्यवस्थापन भईरहेको जानकारी गराएका छन् । हाल कोभिड अस्पतालमा २५ जना विरामीरहेको र हप्तामा ३ दिन जाँच गरिने गरेको बताएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्