किराती मुन्धुम र सभ्यतासँग जोडिएको हो खुवालुङ : मुख्यमन्त्री राई

३० जेठ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात सभ्यता सँग जोडिएको खुवालुङ ढुङ्गाको संरक्षण गर्ने बताउनु भएको छ । आइतबार बसेको प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हा ।

जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने संघीय सरकारको बजेटमा उल्लेख भएको भन्दै खुवालुङ फुटाउन खोजेको भन्दै किरात समुदायले विरोध जनाइरहेका छन् ।

‘खुवालुङ ढुङ्गा मात्रै हो भने फुटाउन योग्य भित्र पर्थियो,’ उनले भने,  ‘तर त्यो ढुङ्गा मात्र नरहेर, किरात समुदायको संस्कृति, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा रहेको प्रमाणित भइसकेको छ।’

प्रसिद्ध खुवालुङ अरुण, तमोर र दूधकोशीको संगममा रहेको छ । ‘त्यस ठाउँको संरक्षण गर्नुको विकल्प छैन, किनभने त्यो ढुङ्गा मात्रै होइन रहेछ,’उनले भने, ‘अरु ढुङ्गाहरु कहाँकहाँ छन् पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।’ मुख्यमन्त्रीए राईले भने।

करिब २० फिट चौडाइमा रहेको यो ढुंगा ‘खुवालुङ’ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि अवस्थित छ ।

केन्द्र सरकारले आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालन गर्नका लागि रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने सक्ने सार्वजनिक बजेटको बुँदा नं ३६५ मा उल्लेख छ ।

ओली नेतृत्वको सरकारले बजेटमा जलमार्गका अवरोध हटाउने घोषणा गरेपछि खुवालुङ संरक्षण पक्षधर तथा किरात समुदायका अगुवाले विरोध जनाएका छन् ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्