३० जेठ विराटनगर । चौधरी ग्रुपले प्रदेश नं. १ बिराटनगरमा आज आफनो प्रादेशिक कार्यलय शुभारम्भ गरेको छ । चौधरी ग्रुपले अधिराज्यभरी पुर्याउदै आएको सामाजिक सेवा कार्यहरु, समुदायसँग अझ निकटताको साथ सेवा विस्तार गर्ने उद्देश्य सहित आजै बाट सञ्चालन ल्याउने गरी प्रादेशिक कार्यलयको शुभारम्भ गरेको हो ।
प्रादेशिक कार्यलयको समुद्घाट्न प्रदेश सभासद शेखर चन्द्र्र थापाले गर्नु भएको थियो । समुद्घाट्न कार्यक्रममा चौधरी ग्रुपका १ न प्रादेशिक एडमिनिष्टे्टर रामजी कटुवाल लगायत अन्य प्रतिनिधिहरुको उपस्थिमा उद्घाट्न भएको हो ।
समुद्घाटन अवसरमा सभासद थापाले कोभिड १९ को माहामारीबाट जोखिममा परेका विरामीहरुको उपचारमा सरिक सरकारी तथा सामुदायीक अस्पतालहरुलाई चौधरी फाउण्डेशनको तर्फ बाट प्रदान गर्दै आएको स्वास्थ्य सामाग्री कार्यक्रम अन्तर्गत अक्सिजन आपुर्तिमा कठिनाई हुने १ नं. प्रदेशका ईलाम र भोजपुर जिल्लालाई दुई-दुई थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गर्नु भयो ।
सभासद थापाले संक्रमणको संभावित जोखिममा रहने विरामीहरुको उपचारकार्यमा उपलब्ध गराईएका स्वास्थ्य सामाग्रीहरुबाट उपचार कार्यमा सहयोग पुग्ने विश्वास लिनु भयो ।
कार्यक्रमको अन्तमा चौधरी ग्रुपका १. न प्रादेशिक एडमिनिष्टे्टर कटुवालले लामो समय देखी चौधरी ग्रुप र चौधरी फाउन्डेसन बाट अधिराज्यभर विपत शिक्षा र स्वास्थ्यमा पुर्याउदै आएको सहयोगलाई यस प्रादेशिक कार्यलय मार्फत अत्यावाश्क समुदाय र व्यक्तिहरुको माझ आगामी दिनहरुमा थप प्रभावकारी रुपमा सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाउनु भयो ।
समुद्घाटन कार्यक्रममा नबिल बैंकका प्रोभिन्सियल म्यानेजर सुबोध लोहनी, सिजि फुड्स १ नं. प्रदेश बजार प्रमुख पुण्य लुईटेल, नायव प्रबन्धक राज कुमार श्रेष्ठ, ब्राण्ड प्रबर्धन प्रमुख रविन्द्र मास्के लगायतको उपस्थित रहेको थियो ।