चलचित्रको घटनाक्रम वास्तविक जीवनमा मेल खायो, एक पुरुषले श्रीमती प्रेमीको जिम्मा लगाए!

जेष्ठ ३१ एजेन्सी__ बलिउड चलचित्र ‘हम दिल दे चुके सनम’मा प्रस्तुत गरिएको घटनाक्रम वास्तविक जीवनमा मेल खाएको छ। सो चलचित्रमा सलमान खानसँग प्रेममा परेकी नायिका एश्वेर्या राईको परिवारको दबाबका कारण अर्कै पुरुष नायक अजय देवगनसँग विवाह हुन्छ।

तर अजय देवगनसँग खुशी नभएपछि एश्वेर्यालाई अजयले सलमान खानसँग भेट गराउँछन्। अजयको उद्देश्य हुन्छ एश्वेर्या र सलमानको विवाह होस्। ठिक सोही चलचित्रमा कोरिएका काल्पनिक घटनाक्रम वास्तविक जीवनसँग खेल खान पुगेको हो।

आजतकका अनुसार भारतीय राज्य बिहारको प्रेम कहानी चलचित्र ‘हम दिल दे चुके सनम’सँग मिल्दोजुल्दो देखिएको छ। बिहारको छपरा जिल्लामा एक व्यक्तिले आफ्नी श्रीमती आफूसँग खुशी नभएको देखेपछि उनले श्रीमतीलाई प्रेमीको जिम्मा लगाएका हुन्।

तर सो चलचित्र र यो वास्तविक घटनामा केही भिन्नता भने देखिन्छ। चलचित्रमा सलमानको एश्वेर्या पहिलो प्रेमिका हुन्छन्। अजयसँग विवाह भएपछि एश्वेर्या खुशी हुन्नन्। जसका कारण अजय सलमानलाई एश्वेर्या जिम्मा लगाउन अगाडि बढ्छन्।

बिहारको घटनामा भने महिला र पुरुषले सुरुवातमा प्रेम विवाह गरेका हुन्छन् तर महिला परपुरुषसँग लागेपछि पुरुषले श्रीमती परपुरुषको जिम्मा लगाएका हुन्। यद्यपी श्रीमतीकै खुशीका लागि श्रीमानले विवाहलाई भने दुवै घटनामा तिलान्जली दिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्