३१ जेठ काठकाण्डौं । आगामी भदौमा हुने १४औँ महाधिवेशनको तयारीको लागि नेपाली कांग्रेसले ६५ वटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता आज टुंगो लगाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले ३३ जिल्लाका ६५ क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यतालाई मान्यता दिँदै सफ्टवेयरमा नामावली चढाइसकेको छानबिन समितिका सचिव केशव रिजालले बताउनु भयो ।
उहाँको अनुसार यसअघि १०१ स्थानको क्रियाशील सदस्यता टुंगिसकेको छ भने शनिबार बसेको छानबिन समितिको बैठकले थप जिल्लामा विवादको अन्त्य गर्दै क्रियाशील सदस्यको विवरण अघि बढाएको हो ।
आउँदो भदौमा हुने १४औँ महाधिवेशनका लागि नेपाली कांग्रेसले ५० प्रतिशत क्रियाशील सदस्यलाई थपेर अन्तिम रुप दिइरहेको छ । शनिबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतालाई टुंग्याउन असार २० गतेसम्म समय दिने भनी निर्णय गरेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्