महागढीमाई नगरपालिकामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवद्वारा सुविधासम्पन्न लैब उद्घाटन

जेष्ठ १ वीरगंज____ आज बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न २ र गंजभवानीपुर स्वास्थ्य चौकीमा सुविधासम्पन्न लैब उद्घाटन गरिएको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी गराउनु भएको छ । सुबिधा सम्पन्न लैब बाट समस्त नगरवासीहरुको टाइफाइड ज्वरो, रुघाखोकी, खुन, पिसाब तथा अन्य किसिमको लैब टेस्ट निशुल्क गरिने उनले जानकारी दिनु भयो ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवका अनुसार नगरपालिका अन्तर्गतका १३ वटा नजिकका स्वास्थ चौकीबाट निशुल्क चेक जाँच गराउन र औषधि वितरणको व्यवस्था गरिएको छ । यसका साथै कोभिड़को लक्षण देखा परेका नगरभरिका बिरामीहरुको स्वाब संकलन गरि पिसीआर टेस्ट गर्ने कार्य शुरु भैसकेको कुरा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो ।

यस भन्दा अघि नै महागढिमाइ नगरपालिका बाराद्वारा २० बेड्को आइसोलेसन वार्ड औपचारिक रूपमा सुरु भइ सकेको छ । नगरवासिको स्वास्थ्य सुरक्षाको बारेमा आफू सधैं चिन्तित रहेको बताउदै मेयर उपेन्द्र प्रसाद यादवले कोरोना महामारी बाट बच्न सबैले आ आफ्नो स्थानमा सुरक्षित रहन उनले नगरवासीमा अनुरोध पनि गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्