असाढ़ १ एजेन्सी__ भारतमा कोरोना भाइरसको अति संक्रामक ‘डेल्टा प्लस’ उत्परिवर्तन भएर ‘डेल्टा प्लस’ अर्थात् एवाई.१ बनेको छ। तर यस विषयमा अहिले चिन्तित हुनुपर्ने अवस्था नरहेको भारतीय वैज्ञानिकले बताएका छन्। किनकि यसको संक्रमण अहिले एकदमै कम मात्र देखिएको छ।
भारतीय वैज्ञानिकका अनुसार डेल्टा प्लस, डेल्टा अर्थात् बी१.६१७.२ बाट उत्परिवर्तन भएर बनेको हो। जुन पहिलोपटक भारतमा पहिचान भएको थियो। डेल्टा नै कोरोनाको दोस्रो लहर ल्याउन जिम्मेवार ठानिएको छ।
यसबाट पनि उत्परिर्वतन भएर अहिले देखापरेको डेल्टा प्लस कति घातक छ भन्ने कुरा अहिले पत्ता लागिनसकेको भारतीय वैज्ञानिकले बताएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्