०१ असार काठमाण्डौं । अहिले ९मंगलबार बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै प्रदेश नम्बर २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जानकारी दिएकोछ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। प्रदेश नम्बर २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी राति पनि देशका धेरै स्थानमा मध्यम वर्षा रहने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसै क्रममा आज बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ ः देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुनका साथै प्रदेश नं। २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।