व्यक्तिका नाममा स्थापित १ दर्जन फाउण्डेसनलाई प्रदेश १ सरकारले ३ करोड बाँड्ने

१ असाढ़ विराटनगर __  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न नेता तथा सामाजिक व्यक्तिको नाममा स्थापना भएका स्मृति फाउण्डेसन तथा अध्ययन केन्द्रका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

उनले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि नेतृत्वदायी भूमिका खेलेका रामप्रसाद राई, नारादमणि थुलुङ, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोरइराला, सुशील कोइराला, सूर्यबहादुर थापा, कृण्णप्रसाद भट्टराई, नोना कोइराला, भरतमोहन अधिकारी, बालगुरु षडाणन्द र योगमायाको नाममा स्थापित स्मृति फाउण्डेसन तथा अध्ययन केन्द्रलाई उक्त बजेट विनियोजन गरिएको बताए।

यहाँ कमेन्ट गर्नुहोस्