प्रदेश न. २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन

असाढ़ १ वीरगंज__ प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश दुईका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६ दशमलव २ प्रतिशत र पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३ दशमलव ४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात् शून्य दशमलव ३ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट रु १३ अर्ब ९० करोड ३४ लाख, राजस्व बाँडफाँटबाट रु ९ अर्ब ५८ करोड ८९ लाख र चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगदमा मौज्दात रु ६ अर्ब २५ करोड गरी जम्मा रु ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार बेहोर्दा रु १ अर्ब न्यून हुने देखिएको मन्त्री यादवले उल्लेख गरे।

सो न्यून रकम पूर्तिका लागि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने उनले बताए।

यहाँ कमेन्ट गर्नुहोस्