नेपालमा थप २७४५ जनामा संक्रमण पुष्टि, ४१८७ संक्रमणमुक्त

असाढ़ १ काठमाण्डौ__ पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा ४१ जनाले ज्यान गुमाएको छ ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणका ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट भएको परीक्षणका २२ हजार ४०३ जना रहेका छन् ।

यस्तै निको हुने कुल संख्या ५ लाख ४० हजार ४३९ जना रहेको छ भने मृतकको कुल संख्या ८५०६ पुगेको छ।

यहाँ कमेन्ट गर्नुहोस्